(१) अध्यक्षबाट निर्देशन भए अनुसार सदस्य–सचिवले मिति, समय र स्थान तोकी परिषद्को बैठक बोलाउनेछ ।
(२) परिषद्को बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपाध्यक्षले र निज पनि अनुपस्थित भएमा सदस्यहरुले आफू मध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(३) परिषद्को कूल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरु उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) परिषद्को बैठक वर्षको कम्तिमा दुईपटक बस्नेछ ।
(५) जम्मा सदस्य संख्याको तीन खण्डको एक खण्ड सदस्यहरुले मनासिव माफिकको कारण देखाई बैठक बोलाइयोस भनी अध्यक्ष समक्ष लिखित अनुरोध गरेमा अध्यक्षले यथाशीघ्र बैठक बोलाउनु पर्नेछ ।
(६) बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णयात्मक मत दिन पाउनेछ ।
(७) सदस्य–सचिवले बैठकको निर्णय पुस्तिका राख्नेछ ।
(८) यस दफामा लेखिए देखि बाहेक बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ ।